सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काम चलाउ सरकारलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार छैन : नेता रावल

काम चलाउ सरकारलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार छैन : नेता रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले प्रतिनिधिसभा विघटन गरेर काम चलाउ बनेको सरकारलाई मन्त्रिपरिषद् विस्तारको अधिकार नभएको बताएका छन्।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

धनगढी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले प्रतिनिधिसभा विघटन गरेर काम चलाउ बनेको सरकारलाई मन्त्रिपरिषद् विस्तारको अधिकार नभएको बताएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार तथा देशलाई दीर्घकालीन असर पर्ने निर्णय गर्ने अधिकार नरहेको बताए।

धनगढी रंगशालामा भएको कार्यक्रममा रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देश र जनताप्रति गम्भीर घात गरेको आरोप लगाए। 

नेता रावलले पूर्वमाओवादी र पूर्व एमालेबीच भएको पार्टी एकतामा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आएर गम्भीर घात गरेको बताए। ओलीले जनताको बहुदलीय जनवादलाई पार्टी एकता गर्दादेखि नै छोडेको हुँदा अहिले जनताको बहुदलीय जनवाद अंगाल्न खोज्नु हाँस्यास्पद भएको नेता रावलको तर्क छ।

कोरोना कहरको बेला सरकारलाई पार्टीले पूरा साथ दिएको समयमा ओलीले पार्टी फुटाउने बिधेयक ल्याउन खोजेको आरोप लगाउँदै नेता रावलले केपी शर्मा ओली पहिलेदेखि नै पार्टी फुटाउन उद्दत रहेको बताए।

पार्टीको अध्यक्ष भएर पनि पार्टीको बैठकमा आएर कहिले पनि पार्टीका नेताहरुले उठाएका प्रश्नको जवाफ नदिएको आरोप लगाउँदै नेता रावलले भने, ‘पटकपटक उनलाई सच्च्याउन खोज्यौं, लिखित, मौखिक रुपमा पूर्व प्रधानमन्त्रीहरुले समेत ओलीलाई बैठकमा बोलाउँदासमेत ओली निरकुंश शैलीमा अगाडि बढ्नुभयो।’

देशको प्रधानमन्त्रीले कानूनी राज्यको रक्षा गर्नुपर्ने, बिधीलाई मान्नुपर्नेमा सबैभन्दा बढी बिधी मिच्ने, कानून नमान्ने, स्वच्छाचारी र निरंकुश चरित्र केपी शर्मा ओलीले देखाएको नेता रावलको आरोप छ। 

बालुवाटारमा ओलीले पक्षले गरेको केन्द्रीय समितीको बैठक ओली गुटको भेला मात्रै भएको बताउँदै नेता रावलले निरकुंश शासकको शैलीमा मन्त्री बिस्तार गरिएको प्रति चर्को बिरोध गरे। 

प्रकाशित: Dec 27, 2020| 12:39 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।