सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली भ्रष्टाचारीहरुका सरदार हुन् : स्थायी कमिटी सदस्य साह

ओली भ्रष्टाचारीहरुका सरदार हुन् : स्थायी कमिटी सदस्य साह

नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य गणेश साहले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीहरुको सरदार रहेको आरोप लगाएका छन्। 
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

जनकपुरधाम- नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य गणेश साहले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीहरुको सरदार रहेको आरोप लगाएका छन्। 

आइतबार दाहाल-नेपाल समूहले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका साहले ओलीले सुखी नेपाली समृद्ध नेपालको नारा दिए पनि, भ्रष्टाचार गर्न दिन्न र गर्दिन भन्ने अभिव्यक्ति दिए पनि आफै भ्रष्टाचारीहरुको सरदार रहेको आरोप लगाए। उनले प्रम ओली दलित, निमुखा, विपन्नका लागि नभई पुँजीपति वर्ग, दलाल र भ्रष्टाचारीहरुको संरक्षणकर्ता रहेको बताए। 

नेता साहले प्रम संघीयता र गणतन्त्र विरोधी मात्र नभई पार्टीको विधान तथा विचार विरोधीसमेत रहेको आरोप लगाउंदै उनले भने ‘संघीयता धराप पार्न राजावादीहरुसँग साँठगाँठ गरेर पार्टीको विधानलाई समेत लत्याई अगाडि बढेका छन्।’ 

पार्टी अध्यक्षसमेत रहेका प्रम ओलीले हजारौ जनताको शहादत र जनआन्दोलनबाट प्राप्त उपलब्धी संघीयता समाप्त पार्न राजावादीहरुसँग मिलेर संसद विघटन गराई गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर शाह वंशीय निरकुंशतालाई दोहराउन खोजेको आरोप उनको थियो। 

कार्यक्रममा केन्द्रीय सदस्य रामचन्द्र झाले संघीयता र गणतन्त्रलाई धरापमा पार्न खोज्ने प्रम ओलीको अस्तित्व नै मेटाउने चेतावनी दिए। 

उनले भने, ‘ओली प्रधानमन्त्री मात्र होइन पार्टीको अध्यक्ष बन्न लायक पनि होइनन्। प्रधानमन्त्री भनेको देशको कार्यवाहक हो, कार्यवाहकले देशको संविधान र कानून बमोजिम नै चल्नु पर्छ, तर ओली संविधानलाई लत्याएर संसद विघटन जस्ता गैरसंवैधानिक कदम काम गर्ने व्यक्ति प्रधामन्त्री कसरी हुन सक्छ।’

नेता झाले विधान अनुरुप पार्टीको सम्पति बहुमत भएका पक्षको अधिपत्य हुने दाबी गरे। उनले भने, ‘सो अनुरुप हामीसँग बहुमत भएका कारण धनुषा र प्रदेश २ मात्र होइन देशैभरि पार्टीको नाममा सम्पति हाम्रो हुनेछ।’

प्रकाशित: Dec 27, 2020| 12:20 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।