सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुविधाजनक बहुमत छ, अविश्वासको प्रस्ताव डटेर सामना गर्छुः शेरधन राई

सुविधाजनक बहुमत छ, अविश्वासको प्रस्ताव डटेर सामना गर्छुः शेरधन राई

प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू सुविधाजनक बहुमतमा रहेको बताएका छन्।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू सुविधाजनक बहुमतमा रहेको बताएका छन्।

निजी सचिवालयमार्फत् भिडियो सन्देश जारी गर्दै मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर आएको र आफूले त्यसको डटेर सामना गर्ने प्रतिक्रिया दिएका छन्।

‘प्रदेश सरकार असक्षम र काम गर्न नसकेर होइन, न त मुख्यमन्त्रीले नाजायज काम गरेर नै हो,’ उनले भनेका छन्, ‘यो प्रस्ताव प्रदेशलाई कमजोर बनाउने, अराजकता निम्त्याउने र संघीयतालाई संस्थागत गर्न नदिनका लागि दर्ता भएको छ।’

उनले प्रदेशलाई तहसनहस गर्ने चाहना अनुसार अविश्वासको प्रस्ताव ल्याइएको आरोप लगाउँदै  त्यसलाई असफल तुल्याउने बताए। 

सन्देशमा उनले संविधान कार्यान्वयन हुन नदिने, देशलाई द्वन्द्वतिर धकेल्ने चाहना राख्नेहरुलाई सहयोग पुग्ने गरी प्रस्ताव ल्याइएको पनि आरोप लगाएका छन्।

उनले केन्द्र सरकारलाई पार्टीभित्र घेराबन्दी गरेर काम गर्न नदिने र प्रधानमन्त्रीलाई बन्द कोठामा राखेर लेनदेन गर्न खोजिएका कारण प्रतिनिधिसभा विघटनको निर्णय भएको दाबी गरेका छन्। 

नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो। प्रदेश सरकारले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ। 

अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले अब बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिनुपर्नेछ। 

प्रकाशित: Dec 27, 2020| 12:14 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।