सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको कदमले संविधान अपूर्ण रहेको पुष्टि गर्‍यो : मन्त्री सोनल

प्रधानमन्त्रीको कदमले संविधान अपूर्ण रहेको पुष्टि गर्‍यो : मन्त्री सोनल

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमपछि यो संविधान अपूर्ण रहेको पुष्टि भएको दाबी गरेका छन्। 
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

जनकपुरधाम- प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमपछि यो संविधान अपूर्ण रहेको पुष्टि भएको दाबी गरेका छन्। 

जनता समाजवादी पार्टीले जनकपुरधाममा आयोजना गरेको बृहत बिरोधसभालाई सम्बोधन गर्दै मन्त्री सोनलले प्रधानमन्त्री ओली स्वयंले संविधान अधुरो रहेको प्रमाणित गरेको बताए। 

प्रतिनिधसभा विघटन गरेर जनताको भविस्यसँग खेलवाड गरिएको बताउँदै उनले यसविरुद्ध सबै प्रजातान्त्रिक शक्ति एक भएर लड्न आवश्यक रहेको बताए।

उनले भने ‘दुई भाइबीचको विवाद, पार्टीभित्रको आन्तरिक किचलोका कारण पुरै देशलाई बन्धक बनाउनु उचित होइन,’ उनले अगाडि भने ‘भाइभाइबीचको लडाईँका कारण पूरै देशलाई नै अन्यौलतामा धकेले।’

मन्त्री सोनलले नेपाली जनताले आशा भरोसाका साथ कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत दिएको भन्दै नेपाली जनताको आशा भरोसामाथि कुठाराघात भएको बताए। प्रधानमन्त्री ओली, नेता प्रचण्ड र माधव नेपालबीचको विवादलाई लिएर देशमा हजारौँको रगत बगाएर ल्याइएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई दाउमा लगाउनु कति उचित छ ? भन्दै उनले प्रश्न गरे।

उनले भने ‘यदि कम्युनिष्टहरु साँच्चै सरकार चलाउन असक्षम थिए भने मधेशी नेताहरु समक्ष सरकार चलाउनलाई अनुरोध गर्नुपथ्र्यो न कि जनप्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन।’

कोणसभाअघि मन्त्री सोनलको नेतृत्वमा जनकपुरधाममा निकालिएको बिरोध जुलुश नगरको विभिन्न भागको परिक्रमा गरेको थियो। बिरोधसभामा प्रतिनिधिसभा सांसद प्रमोद कुमार साह, प्रदेशसभा सदस्य परमेश्वर साह लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: Dec 27, 2020| 11:50 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।