सोमबार, भदौ २२, २०८३

‘जनकपुर–जयनगर रेल माघभित्र सञ्चालनमा आउँछ'

‘ढिलोमा माघको अन्तिमसम्ममा रेलसेवा सञ्चालन गर्ने लक्ष्य छ।’
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं- सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ। 

एकदेखि डेढ महिनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए। 

उनका अनुसार आवश्यक मर्मत, तालिम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ। 

रेल सञ्चालनका लागि कर्मचारीलाई एकदुई साताको तालिम आवश्यकपर्ने उनले जानकारी दिए। उनले भने, ‘ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य छ।’

भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देशक भट्टराईले बताए। उनका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन्। 

कम्प्युटरबाट नियन्त्रण हुने सो रेलमार्गमा ‘सिस्टम इन्स्टल’ गर्ने काम पनि अघि बढाइएको छ। 

रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उनले बताए। 

कम्पनीले दक्ष र प्रशासनिकलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ। 

आवश्यक कतिपय कर्मचारी स्थायी हुनेछन् भने कतिपय अस्थायीरुपमा नियुक्त गरिने उनको भनाइ छ। 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामती कर्मचारी काजमा ल्याइने उनले जानकारी दिए। रेल्वे कम्पनीमा यसअघिका झन्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी थिए।

कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ। नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो।  त्यसका लागि मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ।

मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि विदेशी कर्मचारी नियुक्ति अघि बढाउन लागिएको हो। 

रेल सञ्चालनका लागि अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानुन  अभाव भए पनि त्यसमा समेत कसरी अघि बढ्ने भनी मन्त्रालय र कम्पनीबीच छलफल भइरहेको छ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो।

सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ। यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ।

नेपालमा राणाकालमा १९८४ सालतिर भारतको रक्सौलदेखि नेपालको अमलेखगन्ज तथा १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो। त्यसपछि रेलसेवा लामो समय अवरुद्ध भयो। 

कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो। कुल ३५ किमि लम्बाइमा रेल सञ्चालन हुनेछ। कुर्थादेखि विजुलपुरासम्म थप १७ किमि रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। विजलपुरासम्म गरी ५२ किमिमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ। रासस

प्रकाशित: Dec 27, 2020| 11:32 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।