सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिद्वारा १७ गतेका लागि राष्ट्रियसभा बैठक आह्वान

राष्ट्रपतिद्वारा १७ गतेका लागि राष्ट्रियसभा बैठक आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस १७ गतेका लागि राष्ट्रियसभा बैठक आह्वान गरेकी छन्।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस १७ गतेका लागि राष्ट्रियसभा बैठक आह्वान गरेकी छन्।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रियसभा बैठक आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस १७ गतेका लागि राष्ट्रियसभा बैठक आह्वान गरेको जानकारी दिएको छ।

संघीय संसदकाे वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो।

प्रतिनिधिसभा भने सरकारको सिफारिसमा गत पुस ५ गते विघटन भइसकेको छ।

प्रकाशित: Dec 27, 2020| 11:31 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।