सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशको न्यायालय पनि अग्निपरीक्षामा छ : डा. गोविन्द केसी

देशको न्यायालय पनि अग्निपरीक्षामा छ : डा. गोविन्द केसी

चिकित्सा सुधार अभियान्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको प्रयासप्रति आपत्ति प्रकट गरेका छन्।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं- चिकित्सा सुधार अभियान्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको प्रयासप्रति आपत्ति प्रकट गरेका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थको लागि संविधानको प्रयोग गरेकाले संविधानको समेत अस्तित्व सकिने बताएका छन्।

मुलुक, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पति नभएको भन्दै डा. केसीले राजा ज्ञानेन्द्रलाई नागरिकले जसरी थान्को लगाए त्यो बिर्सन नहुने उल्लेख गरेका छन्। 

जारी विज्ञप्तीमा भनिएको छ, ‘नेताहरुको चोंचोमोंचो र गठजोडले गणतन्त्र स्थापना भएको हैन, त्यसैले यो संविधानलाई आफ्नो स्वार्थको फुटबल बनाउनेहरूलाई कुनै पनि हालतमा त्यस्तो कुकर्मका लागि दण्डित गर्नु पनि हाम्रो नागरिक कर्तव्य हुन्छ,।’ 

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर चालिएका यस्ता कदमलाई न्यायालयले सच्याइदिने अपेक्षा डा. केसीको छ।

हाल देशको न्यायालय पनि अग्निपरीक्षामा छ, न्यायालयले जस्तो फैसला गरे पनि सत्ताको उन्मादमा रहेका व्यक्तिहरुको प्रहारबाट विधिको शासन र संविधानलाई जोगाउने जिम्मेवारी हामी नागरिकसामू सदा रहने नै छ,’ डा. केसीले भनेका छन्।

उनले संविधान र विधिको शासनलाई निःशर्त स्थापित गर्नसके मात्रै सबैको कल्याण हुने बताएका छन्।

प्रकाशित: Dec 27, 2020| 11:21 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।