काठमाडौं– काठमाडौं विश्वविद्यालयको २६औं दीक्षान्त समारोह सोमबार हुने भएको छ। दीक्षान्त समारोह विश्वविद्यालयले प्रधानमन्त्रीको सचिवालय बालुवाटारबाट भर्चुअल रूपमा सञ्चालन गर्ने भएको हो।
विद्यावारिधि, डीएम, एमसीएच तथा पदक पाउने सम्पूर्ण विद्यार्थीलाई सोही कार्यक्रमबाट प्रमाणपत्र तथा पदक वितरण गरिने विश्वविद्यालयले जनाएको छ।
दीक्षान्तका लागि आवेदन दिने सम्पूर्ण विद्यार्थी अनलाइनमार्फत सहभागी हुन पाउनेछन्।
दीक्षित हुने अन्य विद्यार्थीको प्रमाणपत्र निर्धारित शुल्क बुझाई सम्बन्धित स्कुल विभाग र सम्बन्धन प्राप्त कलेजबाट २०७७ पुस २६ गते पछि वितरण गरिने विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. सुबोध शर्माले जानकारी दिए।