सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपारदर्शी काम गर्दिनँ, कसैको दबाब सहन्नँ : स्वास्थ्यमन्त्री त्रिपाठी

अपारदर्शी काम गर्दिनँ, कसैको दबाब सहन्नँ : स्वास्थ्यमन्त्री त्रिपाठी

‘मेरो कार्यकालमा कुनै पनि काम अपारदर्शी हुँदैन। म कसैको दबाब र हस्तक्षेप सहन्नँ।’
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आफूले कुनै पनि काम अपारदर्शी नगर्ने दाबी गरेका छन्। 
यस्तै उनले आफूले कसैको दबाब र हस्तक्षेप पनि नसहने बताए।

मन्त्रालयमा आइतबार पदभार ग्रहण गरेपछि मन्त्री त्रिपाठीले भने, ‘मेरो कार्यकालमा कुनै पनि काम अपारदर्शी हुँदैन। म कसैको दबाब र हस्तक्षेप सहन्नँ।’

उनले स्थानीय तहमा शिलान्यास भएका अस्पताल लोकप्रियताका लागि नभएर जनताका लागि निर्माण गर्न लागिएको बताए। 
मन्त्री त्रिपाठीले यस्तो अभियान दक्षिण एसियामै पहिलो भएको बताए।

मन्त्री त्रिपाठीले स्वास्थ्य क्षेत्रका एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने प्रवृत्ति हटाउन स्वास्थ्यकर्मीलाई आग्रह गरे। 

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री रहेका त्रिपाठीलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएका हुन्। यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रकाशित: Dec 27, 2020| 10:12 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।