सोमबार, भदौ २२, २०८३

ओली ४० को दशकदेखि नै प्रतिगमनकारी : भट्टराई

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले केपी ओली ४० को दशकपछि निरन्तरमा प्रतिगमनको पक्षमा रहेको आरोप लगाएका छन्।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी संघीय परिषद्का अध्यक्ष डा‍. बाबुराम भट्टराईले केपी ओली ४० को दशकपछि निरन्तरमा प्रतिगमनको पक्षमा रहेको आरोप लगाएका छन्।

जसपाले आइतबार राजधानीमा आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै भट्टराईले मुलुकमा लोकतान्त्रिक आन्दोलन हुँदा बयलगाडा चढेर गणतन्त्र आउँदैन भन्दै बसिरहेका ओलीको भष्मासुर प्रवृत्तिले संसद् विघटन गराएको बताए। 

यस्तै भट्टराईले चेपाङ बस्ती भत्काएर अयोध्या बनाउन खोज्ने ओली कम्युनिस्ट हुनै नसक्ने बताए।

उनले संसद् विघटन प्रतिगमनकारी, असंवैधानिक र अलोकतान्त्रिक कदम भएकाले जनप्रतिनिधिमूलक संस्थालाई खेलवाड गर्न छुट कसैलाई नरहेको बताए। 

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सशक्त खम्बा भाँच्नु भनेको प्रतिगमनलाई थप बल पुर्‍याउनु हो।’ 

ओलीको असंवैधानिक कदमको सशक्त प्रतिकार गरिने उनको भनाइ छ। उनले भने, ‘संसद्माथि प्रहार गरिएको छ। हामी यसविरुद्धको आन्दोलन त्यत्तिकै रोक्नेवाला छैनौं। संसद् पुनर्स्थापना हुनैपर्छ।’

उनले सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने बताए। भट्टराईले भने, ‘सभामुखले सबै दलसँग छलफल गरेर संसद् बैठक बोलाउनुपर्छ। त्यसबाट सबै टुंगो लाग्छ।’ 

भट्टराईले शासकीय स्वरुप, संघीयता, न्यायालयको पुनर्स्थापना जस्ता विषय संविधानमा समेट्न बाँकी छँदाछँदै अहिले आएर कु गरिएको बताए। 

उनले कांग्रेस उदार लोकतन्त्रका निम्ति सात सालदेखि लोकतन्त्रका पक्षमा लागे पनि अहिले सत्ताको तर मार्न पाइन्छ कि भनेर पर्खिरहेकाे आरोप लगाए।

यस्तै ओली भष्मासुर हुन् भनेको नपत्याउँदा दाहाल–नेपालहरु सडकमा पलेटी कस्न आइपुगेको डा. भट्टराईको भनाइ छ।

झापा आन्दोलन, कांग्रेसको विमान अपहरण, माओवादी आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलन भनेर विभिन्न व्यक्तिमाथि लागेका मुद्दा फिर्ता लिइए पनि नेपालको पुरानो जाति थारुले गरेको आन्दोलनलाई सम्बोधन नगरेको आरोप लगाए।

वरिष्ठ नेता अशोक राईले संसद् भंग गर्ने र चुनाव गर्ने कदम असंवैधानिक रहेको बताए। उनले खड्ग प्रहार गर्नेबाहेक अहिले सबै नेपाली सडकमा रहेको बताए।

उनले भने, 'हजारौं सहिदहरुको बलिदानपछि लेखिएको संविधानको उल्लंघन गरिएको छ।’

उनले संविधानलाई पहिचान अनुकूलसहितको संघीयताबमोजिम बनाउन बाँकी नै रहेको अवस्थामा यसमाथि प्रहार गरिएको आरोप लगाए।

उनले भने, ‘संविधानमा केही प्रावधान थिए। त्यसलाई संसद्बाट टुंगो लगाउने हाम्रो योजना थियो।’

ओलीले संसदमा बहुमत गुमाइसकेकाले संसद्माथि प्रहार गरेर त्यो अधिकारबाट वञ्चित गरेको बताए।

उनले भने, जसपा असंवैधानिक घोषणा खारेज हुनुपर्छ। संसद् पुनर्स्थापना हुनुपर्छ। तर कानुनी हिसाबले संसद् जिउँदो छ। त्यसैले हामीले निर्णायक आन्दोलन गर्नुपरेको छ।’

उनले एउटा प्रयोजनका लागि व्यवस्था गरिएको संविधानको धारा गलत प्रयोजनमा प्रयोग गरेको आरोप लगाए।

अर्का वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिगमनलाई नेपाली जनताले अस्वीकार गर्ने बताए। उनले संविधान संशोधनबाट पनि समस्या समाधान गर्न सकिने बताए। उनले भने, संविधान महाभारत होइन। यो संशोधन हुन सक्छ।’

प्रकाशित: Dec 27, 2020| 09:26 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।