सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनुषामा दाहाल–नेपाल समूहको कार्यकर्ता भेला, प्रादेशिक र जिल्ला कार्यालयमा दाबी

धनुषामा दाहाल–नेपाल समूहको कार्यकर्ता भेला, प्रादेशिक र जिल्ला कार्यालयमा दाबी

प्रतिनिधिसभा विघटन भएपछि विभाजित भएको नेकपाका कार्यालय तथा सम्पत्तिका लागि केन्द्रदेखि जिल्ला तहसम्म विवाद सुरु भएको छ।
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

जनकपुरधाम– प्रतिनिधिसभा विघटन भएपछि विभाजित भएको नेकपाका कार्यालय तथा सम्पत्तिका लागि केन्द्रदेखि जिल्ला तहसम्म विवाद सुरु भएको छ।

यसैबीच नेकपाको दाहाल–नेपाल समूहले धनुषामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। केन्द्रीय सर्कुलरअनुसार भेला आयोजना गरिएको केन्द्रीय सदस्य श्रवण बरबरियाले जानकारी दिए। दाहाल–नेपाल समूहले प्रदेश २ को जनकपुरधाममा रहेको पार्टीको प्रादेशिक कार्यालयमा दाबी गर्दै सोही कार्यालयमा भेला आयोजना गरेको छ। 

यद्यपि, प्रदेश २ मा अहिलेसम्म पार्टी कार्यालयको विषयमा विवाद सिर्जना नभइसकेको बरबरियाले बताए।  ओली समूह प्रदेश २ मा कमजोर भएका कारण त्यस्तो अवस्था नआएको उनको तर्क छ।

प्रदेश २ मा ७० जना केन्द्रीय सदस्य रहेकोमा ४२ जना दाहाल–नेपाल समूहमा रहेको उनले बताए। उनले भने, ‘नेकपाको एक तिहाईको एक भागमात्रै ओली समूहमा रहेकोले हाम्रो स्थिति बलियो छ। जनकपुरधाममा रहेको प्रादेशिक कार्यालय र जिल्ला कार्यालय दुवैमा हाम्रो दाबी छ।’

नेकपाको दाहाल–नेपाल समूहका प्रदेश समिति सदस्य झल्कु यादवका अनुसार धनुषा जिल्लाबाट प्रतिनिधित्व गर्ने १५ केन्द्रीय सदस्यमध्ये ११ जना उक्त समूहमा छन्। अगुवा कार्यकर्ता भेलापछि प्रदेश भेला गरेलगत्तै चरणबद्ध रुपमा अन्य कार्यक्रम गर्ने तयारी नेकपाको छ।

प्रकाशित: Dec 27, 2020| 08:38 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।