सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशैभरका निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन, कसको सम्बोधन कहाँ ?

देशैभरका निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन, कसको सम्बोधन कहाँ ?

संसद् विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (सोमबार) देशभर प्रदर्शन गर्दैछ। 
 |  आइतबार, पुस १२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १२, २०७७

काठमाडौं– संसद् विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (सोमबार) देशभर प्रदर्शन गर्दैछ। 

संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरमा हुने सभालाई सम्बोधन गर्ने भएका छन्। कार्यव्यस्तताका कारण गृहजिल्ला डडेल्धुरा नगएका देउवाले भक्तपुरमा सम्बोधन गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तनहुँस्थित आफ्नै निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम छ। प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा र युवा नेता गगन थापाले नेपालगञ्जमा हुने सभालाई सम्बोधन गर्ने भएका छन्।

अन्य नेताहरुले भने आ–आफ्नो निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। 
 

प्रकाशित: Dec 27, 2020| 08:18 आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।