सोमबार, जेठ ४, २०८३

के हो फाइब्रोमाइल्जिया ? यस्ता हुन्छन् लक्षण

फाइब्रोमाइल्जिया हड्डीसँग सम्बन्धित रोग हो। यो रोग लागेमा शरीरको हड्डी र मांसपेशीमा दुखाइ बढी हुन्छ।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

काठमाडौं। फाइब्रोमाइल्जिया हड्डीसँग सम्बन्धित रोग हो। 

National life

यो रोग लागेमा शरीरको हड्डी र मांसपेशीमा दुखाइ बढी हुन्छ। यस्तो लाग्छ मानौं सियोले घोचिरहेछ। यो रोग पुरुषको तुलनामा महिलामा धेरै देखिएको छ। 

यो कुनै पनि उमेर समूहका मानिसहरूलाई हुन सक्छ। तर, ३० वर्षदेखि माथि उमेर समूहका मानिसहरूमा बढी देखिएको पाइन्छ।

यो रोगलाई लापरबाही गर्नु हुँदैन। किनकि यो खतरनाक पनि हुन सक्छ। त्यसैले तत्काल डाक्टरसँग यसबारेमा सल्लाह लिनु उपयुक्त हुन्छ। 

यदि तपाईंलाई फाइब्रोमाइल्जियाका बारेमा थाहा छैन भने आउनुहोस् जानौं यसका बारेमा।

लक्षण

- टाउको दुख्नु

- थकान

- हड्डी र मांसपेशीको दुखाइ

- अनिद्रा

- डिप्रेसन

कारण

यो वंशाणुगत रोग हो। यदि परिवारका कुनै सदस्यलाई फाइब्रोमाइल्जिया छ भने अन्य सदस्यमा पनि यसको लक्षण देखिन सक्छ। साथै यो चोटका कारण पनि हुन सक्छ।

अत्यधिक तनावका कारण पनि यसको खतरा हुने विशेषज्ञहरू बताउँछन्। यदि सुरुआती चरणमा डाक्टरको सल्लाह लिएन भने यो खतरनाक पनि हुन सक्छ। 

भिटामिन ‘डी’ लाभदायक 

विशेषज्ञका अनुसार फाइब्रोमाइल्जियाका लागि भिटामिन ‘डी’ लाभदायक हुन्छ। यसले रोगको पूर्णरूपमा निको नभए पनि शरीरमा भिटामिन ‘डी’ ले दुखाइ कम गर्न मद्दत गर्छ।

शरीरमा हड्डी र मांसपेशीको दुखाईको एउटा कारण भिटामिन ‘डी’को कमी पनि हो। यसका लागि बिरामीले घाम ताप्नु पर्छ, किनकि सूर्य भिटामिन ‘डी’ को मुख्य स्रोत हो। 

कम्तीमा आठ घण्टा सुत्नुहोस्

यसबाट बच्नका लागि दैनिक कम्तीमा आठ घण्टा अनिवार्य सुत्नुपर्छ। 

यदि निद्रा पुगेको छैन भने मानसिक र शारीरिकरूपमा स्वास्थ्यमा असर पर्छ। 

जबकि फाइब्रोमाइल्जियाको प्रमुख कारण भनेकै तनावलाई लिइएको छ। भनिन्छ तनावले हार्मोन असन्तुलित हुन्छ, जसकारण असर हड्डी र मांसपेशीमा पर्छ। साथै दैनिक व्यायाम अनिवार्य गर्नुस् र तनावदेखि टाढै रहनुहोस्। 

यो यस रोगका विषयमा सामान्य जानकारी मात्रै हो। यसको लक्षण देखिएमा तुरुन्त डाक्टरसँग सल्लाह लिनु उपयुक्त हुन्छ। - जागरण
 

प्रकाशित: Dec 26, 2020| 14:17 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्