सोमबार, भदौ २२, २०८३

प्रदेश १ बाट २५३ जना सहयोगापेक्षीको उद्धार

प्रदेश १ का तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको छ।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

विराटनगर- प्रदेश १ का तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको छ।

सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह र मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो।

झापा, मोरङ र सुनसरीमा सहयोगापेक्षी सडकआश्रित मानवहरु अब सडकमा नदेखिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। सडक मानवको उद्धार कार्य जटिल भएको उनले बताए।

प्रदेश सरकारले आगामी बैशाखभित्रमा सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिसक्ने उनको भनाइ छ। प्रदेश सरकारले मानव सेवा आश्रम तथा स्थानीय तहसँगको सहकार्यमा उद्धार कार्य निरन्तर रुपमा गर्दै आएको मन्त्री घिमिरेले बताए। 

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले मानव सेवा आश्रमको अभियानका कारण सडक आश्रितहरुको व्यवस्थापनमा सहज भएको बताए। मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेचीबाट शुरु भएको अभियान महाकालीमा सम्पन्न हुने बताए।

उनले आगामी २०८२ भित्रमा नेपाललाई शारीरिक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनि रात विताउन विवश घरबारबिहिन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सडक आश्रित मानवरहित राष्ट्र नेपाल निर्माण गरिने बताए।

बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले सडकमा बेसहारा, असहायहरु अबदेखि नहुने प्रतिबद्धता व्यक्त गरिन्। 

मानव सेवा आश्रमले  पुस ७ गतेदेखि शुरु भएको मेची–महाकाली अभियान अन्र्तगत झापाबाट ७६, सुनसरीबाट १११ र मोरंगबाट ६६ जनाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालय, सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन्। उद्धार गरिएका मध्ये १९ जना बालबालिका र १ जना अपाङ्गता भएका व्यक्ति छन्। 

उद्धार गरिएका ९ जना बालबालिकालाई काठमाण्डौं पठाइएको र बाँकीलाई इटहरीमा राखिएको सामाजिक विकास मन्त्रालयका बाल अधिकार श्रोत व्यक्ति सुमन अधिकारीले जानकारी दिए। उद्धार गरिएकाहरुमा ५ देखि ८० वर्ष उमेर समूहका व्यक्तिहरु रहेको मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले बताए।

प्रकाशित: Dec 26, 2020| 12:07 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।