सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘राजालाई फालेका जनताले ओलीको असंवैधानिक कदमलाई पनि समाप्त पार्नेछन्’

‘राजालाई फालेका जनताले ओलीको असंवैधानिक कदमलाई पनि समाप्त पार्नेछन्’

नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संविधान र कानुनमा विघटित भएको संसद पुनःस्थापना नहुने कुनै आधार नभएको बताएका छन्।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

काठमाडौं- नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संविधान र कानुनमा विघटित भएको संसद पुनःस्थापना नहुने कुनै आधार नभएको बताएका छन्।

शनिबार धादिङ-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई काठमाडौंको सोह्रखुट्टेमा सम्बोधन गर्दै नेता पाण्डेले प्रतिनिधिसभा पुनःस्थापित हुने बताए।

‘२०४७ को संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार थियो। त्यसले अस्थिरता ल्याउन सक्ने भन्दै हामीले २०७२ को संविधानको त्यो व्यवस्था हटाएका हौँ,’ उनले भने, ‘तर ओलीजीले त्यसमाथि नै उभिएर संसद विघटन भन्नुभयो।’

नेता पाण्डेले प्रधानमन्त्रीले भोलि अदालत विघटन भयो भनेर राष्ट्रपतिलाई सिफारिस गर्नुभयो भने के अदालत विघटन हुन्छ भन्दै प्रश्न गरे।

‘सेना भंग गर्दिएँ भनेर हुन्छ। ब्युरोकेसी भंग गरे भन्नुहोला,’ उनले प्रश्न गरे, ‘यसको संविधान र कानूनी व्यवस्था छैन। जसले जे मन लाग्यो त्यही गर्न पाइन्छ?’

ओलीको कदम लोकतन्त्रको विरुद्धमा भएको भन्दै उनले मुलुकलाई फेरि पछाडि फर्काउने षड्यन्त्रविरुद्ध सबै एकजुट हुनुपर्ने धारणा राखे। 

‘ओलीले जनताको अधिकारको अपहरण गरेका छन् संसद विघटन गरेर। लोकतन्त्र मासिने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘त्यसैले म सबैलाई आन्दोलनलाई निर्णायक निष्कर्षतर्फ लिएर जानका लागि आह्वान गर्न चाहन्छु।’

साढे २ सय वर्षदेखिको राजालाई समातेर पछाडि फाल्न सक्ने जनताले ओलीको यो निरंकुश, स्वेच्छाचारी, अलोकतान्त्रिक र संविधान विरोधी कदमलाई पनि समाप्त पार्ने पाण्डेको भनाइ छ।

‘जनताले यसलाई पनि असफल पार्नेछन्। किनभने जनता नै सबैभन्दा ठूला निर्णयकर्ता हुन्,’ उनले भने। 

भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ राजा बन्ने प्रयास नगर्न चेतावनी पनि दिए।
 

प्रकाशित: Dec 26, 2020| 12:40 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।