सोमबार, भदौ २२, २०८३

च्याउ फार्ममा आगलागी हुँदा ३३ लाखको क्षति

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सृष्टि च्याउ फार्ममा आज अपराह्न आगलागी भएको छ।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सृष्टि च्याउ फार्ममा आज अपराह्न आगलागी भएको छ।

च्याउफार्ममा लागेको आगोले फार्मका तीन टहरा जलेर पूर्णरूपमा नष्ट भएका छन्।

उक्त टहरामा उत्पादन भएर टिप्न तयारी अवस्थामा रहेको पाँच हजार किलो च्याउसमेत खरानी भएको फार्मका सञ्चालक श्यामराज सुवेदीले बताए। उनले आगालागीका कारण करिब रु ३३ लाख बराबरको क्षति भएको जानकारी दिए।

‘हामी काम गरिरहेका थियौँ, टहरा नजिकै बालबालिका थिए, एक्कासी आगो दन्कियो, आधा घण्टामै सखाप भयो, छिमेकीले र पानीको जोहो गर्दागर्दै सबै च्याउ नष्ट भयो’, सुवेदीले भने। फुसको टहरा भएकाले स्थानीय तथा प्रहरी पुग्दा आगोले नष्ट गरिसकेको थियो।

बिक्रीका लागि तयार भएको च्याउ नष्ट भएपछि सञ्चालक चिन्तित भएका छन्। बालबालिका खेल्दै गर्दा आगो सल्किएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए। रासस
 

प्रकाशित: Dec 26, 2020| 11:45 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।