सोमबार, भदौ २२, २०८३

आज थप ५०० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित नेपाल कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७०० पुगेको छ। 

पछिल्लो २४ घण्टामा ८४० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको कुल संख्या २ लाख ४९ हजार १३२ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट कुल मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको छ।

नेपालमा हालसम्म १९ लाख ५ हजार ८२६ जनाको कोरोना परीक्षण गरिएको छ।

प्रकाशित: Dec 26, 2020| 10:46 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।