काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस १३ गते हुने सरकारविरुद्धको देशव्यापी प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।
कांग्रेसले १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शनको निर्णय गरेकोले उक्त प्रदर्शनमा सहभागी हुन देउवाले अपिल गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाको विरोधमा प्रदर्शन आयोजना गरिएको जानकारी गराउँदै सभापति देउवाले पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिस भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन्।