सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नवनियुक्त मन्त्री गौरीशंकरको निर्वाचन क्षेत्रमै पुतला दहन

नवनियुक्त मन्त्री गौरीशंकरको निर्वाचन क्षेत्रमै पुतला दहन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सपथ ग्रहण गरेको २४ घण्टा बित्न नपाउँदै उनकै निर्वाचन क्षेत्रमा पुतला दहन गरिएको छ। 
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

धनगढी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सपथ ग्रहण गरेको २४ घण्टा बित्न नपाउँदै उनकै निर्वाचन क्षेत्रमा पुतला दहन गरिएको छ। 

कैलाली निर्वाचन क्षेत्र नं ३ स्थित उनकै घर रहेको कैलारी गाउँपालिकाको हसुलियामा उनकै समर्थकहरूले पुतला दहन गरेका हुन्।

संसद विघटन गर्न पाइनैन, गौरीशंकर मुर्दावादलगायत नाराबाजी गर्दै पुतला दहन गरेका थिए। केही दिनअघि मन्त्री चौधरीले कार्यकर्तालाई सम्बोधन गर्दै आफू प्रतिनिधि सभा विघटनको विरोधमा रहेको र प्रचण्ड–नेपाल समूहमै रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका थिए।

तर, काठमाडौं फर्किएलगत्तै मन्त्रीको सपथ लिएपछि उनको नैतिकता र चरित्रमाथि आलोचना गर्दै कार्यकर्ताले पुतला दहन गरेका हुन्। 

मन्त्री चौधरी नेकपा ओली समूहमा प्रवेश गरेपछि आक्रोशित भएका कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले पदको मोहमा नेता र कार्यकर्तामाथि विश्वासघात गरेको आरोप लगाए।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दै चौधरीलाई सपथ ग्रहण गराएका थिए।

प्रकाशित: Dec 26, 2020| 07:29 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।