सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये १०.२३ प्रतिशतलाई कोरोना संक्रमण

सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये १०.२३ प्रतिशतलाई कोरोना संक्रमण

सुदूरपश्चिममा परीक्षण भएकामध्ये १०.२३ प्रतिशतलाई कोरोनाभाइरस संक्रमण देखिएको छ।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

धनगढी– सुदूरपश्चिममा परीक्षण भएकामध्ये १०.२३ प्रतिशतलाई कोरोनाभाइरस संक्रमण देखिएको छ।

प्रदेशमा हालसम्म एक लाख २९ हजार २६५ जनाको कोरोना परीक्षण भएको छ। सोमध्ये १३ हजार २३१ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सबैभन्दा बढी कैलालीमा पाँच हजार ४७५ जनालाई कोरोना संक्रमण देखिएको छ। 

अछाममा १६३८, बैतडी ६५०, बझाङ ८८८, बाजुरा ५१३, डडेल्धुरा ६८४, दार्चुला ३४४, डोटी एक हजार ४०१, कंचनपुर एक हजार ५९१, अन्य प्रदेशका ४५ तथा अन्य देशका २ जनालाई कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। 

८०.८५ प्रतिशत निको
प्रदेशमा कोरोनाभाइरस संक्रमणपुष्टि भएकामध्ये ८०.८५ प्रतिश निको भएका छन्।   

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म १० हजार ६५७ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमण पुष्टि भएकामध्ये ५० जनाको मृत्यु भएको छ।

२०–२९ उमेर समुहकालाई बढी संक्रमण 
प्रदेशमा २०–२९ वर्ष उमेर समूहकालाई बढी कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। 

सो उमेर समूहका तीन हजार ६०५ पुरुष र एक हजार ३३१ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ। सबैभन्दा कम ९०–९९ वर्ष उमेर समूहकालाई कोरोनाभाइरस संक्रमण भएको छ। सो समूहका ८ जना पुरुषलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

३०–३९ उमेर समूहका तीन हजार ३२५, ४०–४९ वर्ष उमेर समूहका एक हजार ५६२, ५०–५९ उमेर समूहका ७७६, ६०–६९ वर्ष उमेर समूहका ३४१, १०–१९ वर्ष उमेर समूहका एक हजार ३४२, ०–९ वर्ष उमेर समूहका ७६९, ७०–७९ वर्ष उमेर समूहका १६०, ८०–८९ उमेर समूहका १२ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ।

प्रकाशित: Dec 26, 2020| 07:06 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।