सोमबार, भदौ २२, २०८३

दुर्घटनामा साइकलयात्रीको मृत्यु

टाटा सुमोले ठक्कर दिँदा शनिबार बिहान झापाको कमल गाउँँपालिका ५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

दमक– टाटा सुमोले ठक्कर दिँदा शनिबार बिहान झापाको कमल गाउँँपालिका ५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे १ ज २००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल ६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। 

उनका अनुसार ठक्करबाट सिकिस्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने सुमो र त्यसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ पण्डितले बताए।   

प्रकाशित: Dec 26, 2020| 04:20 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।