सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशमा एकता भंग नगर्न गण्डकीका मुख्यमन्त्रीको आग्रह 

प्रदेशमा एकता भंग नगर्न गण्डकीका मुख्यमन्त्रीको आग्रह 

प्रतिनिधि सभा भंग भएर प्रदेश तहमा समेत अविश्वास प्रस्ताव आउन थालेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने प्रदेशमा एकता भंग गर्न नहुने बताएका छन् । 
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

पोखरा– प्रतिनिधि सभा भंग भएर प्रदेश तहमा समेत अविश्वास प्रस्ताव आउन थालेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने प्रदेशमा एकता भंग गर्न नहुने बताएका छन् । 

ओली पक्ष नेकपाको गण्डकी इन्चार्ज समेत रहेको गुरुङले शुक्रबार पोखरामा युवा संघले गरेको प्रदेशस्तरीय भेलामा संघको राजनीतिक खिचातानीले प्रदेशमा एकता भंग गर्न नहुने भनाइ राखेका हुन्। 

‘संघमा जेसुकै होस्। विकासको यो अभियान, निर्माणको अभियान, समृद्धिको अभियान गण्डकी प्रदेशमा नमुना बनेको छ,’ उनले भने, ‘यो नमुना नभत्काऔं। ओली नेतृत्वको नेकपाको संसदीय दलमा रहेर प्रदेश सरकारलाई अगाडि बढाउन अनुरोध गर्दछु।’ 

गुरुङले विधानअनुसार आफूहरु संस्थापन भएको दाबी गरे। ‘पार्टीको विधानमा बहुमत र अल्पमतको कुरा समावेश छैन। एकता महाधिवेशनसम्म सबैकुरा सहमतिमा गर्ने भनिएको छ,’ उनले भने। 

उनले  बखेडा झिकेर आफ्नै प्रधानमन्त्रीलाई हटाउन जालझेल गर्ने कसरी संस्थापन पक्ष हुन्छ ? भन्दै प्रश्न गरे। गुरुङले संसद कुनैपनि हालतमा प्रतिनिधि सभा पुनस्र्थापना नहुने तर्क गरे।   

पूर्व मन्त्री एवं केन्द्रीय सदस्य खगराज अधिकारीले ओलीले प्रस्तुत गरेको मितिमै मध्यावधि चुनाव हुने र त्यसलाई कसैले पनि रोक्न नसक्ने अधिकारीले बताए। 

नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले निर्वाचनबाट नतर्सिन आह्वान गरे। 

उनले भने, ‘सूर्य चिह्नमा आँखा नचम्काउनुस्। हिम्मत छ भने हँसिया हथौडा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा आउनुस्।’

युवा संघ पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश सांसद राजीव पहारीले विपक्षी समूह बाटो बिराएर सडकमा भौतारिएको बताए ।
 

प्रकाशित: Dec 26, 2020| 02:25 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।