सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच पूर्व माओवादीलाई मन्त्रीको जिम्मेवारी, दाहाल–नेपाल समूहबाट साह, चौधरी र लामा ओलीतर्फ फर्किए

पाँच पूर्व माओवादीलाई मन्त्रीको जिम्मेवारी, दाहाल–नेपाल समूहबाट साह, चौधरी र लामा ओलीतर्फ फर्किए

दुवै पक्ष अहिले आआफ्नो पक्षमा बहुमत देखाउन नेताहरू तानातानमा व्यस्त छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले मन्त्री पद दिएर नेताहरूलाई आफूतर्फ तानेका छन्। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि ३० महिनाअघि एकीकृत बनेको नेकपा विभाजन भएको छ। 

नेताहरू विभाजित भए पनि दलले वैधानिकता पाउन सकेको छैन। यद्यपि दुवै पक्षबाट निर्वाचन आयोगमा वैधानिकताका लागि आआफ्नो दाबी पेस भइसकेको छ।

दुवै पक्ष अहिले आआफ्नो पक्षमा बहुमत देखाउन नेताहरू तानातानमा व्यस्त छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले मन्त्री पद दिएर नेताहरूलाई आफूतर्फ तानेका छन्। 

यस क्रममा उनले पाँच पूर्व माओवादीलाई मन्त्रीको जिम्मेवारी दिएका छन्। 

मन्त्री पद पाउने भएपछि दाहाल–नेपाल समूहको बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा सहभागी नेता प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा प्रधानमन्त्री ओली समूहमा आएका छन्।

प्रधानमन्त्री ओलीले तीनै जनालाई शुक्रबार साँझ विस्तार गरेको मन्त्रिपरिषद्मा नियुक्त गरेका छन्। साह र चौधरी प्रतिनिधिसभाका सांसद हुन् भने लामा संसद् सदस्य होइनन्।  

स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी र मणि थापा भने सुरुमै दाहालको साथ छाडेर ओली समूहमा प्रवेश गरिसकेका थिए। 
नेता साह दाहाल निकट मानिन्छन्।

उनले दाहाल–नेपाल समूहको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्तावमा आपत्ति जनाएका थिए। 

उता दाहाल–नेपाल समूहको संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठकमा समेत सहभागी बनेका गौरीशंकर चौधरी सुदूरपश्चिममा दाहाल समूहका बलिया नेताका रुपमा चिनिन्थे। 

प्रधानमन्त्री ओलीले मन्त्री बन्न प्रस्ताव गरेपछि उनी ओली समूहमा आएका हुन्। 

शुक्रबार मन्त्री नियुक्त भएकामा गणेश ठगुन्ना, प्रेमबहादुर आलेमगर, जुलीकुमारी महतो र विमला विश्वकर्मा ओली निकटका मानिन्छन्। 

प्रधानमन्त्रीले संसद विघटन गरेपछि यसअघि श्रममन्त्रीबाट रामेश्वरराय यादव, पर्यटनमन्त्रीबाट योगेश भट्टराई, शिक्षामन्त्रीबाट गिरिराजमणि पोखरेल, खानेपानी मन्त्रीबाट विना मगर र उर्जा मन्त्रीबाट वर्षमान पुनले राजीनामा दिएका थिए।

प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई ओलीले बिदा दिएका छन्। 
पुनर्गठित मन्त्रिपरिषदमा ऊर्जा मन्त्रालयको जिम्मेवारी टोपबहादुर रायमाझीले पाएका छन् । 

मणि थापा खानेपानी मन्त्री भएका छन् भने सहरी विकास मन्त्रालयको जिम्मेवारी प्रभु साहले पाएका छन्। 

अर्का नवनियुक्त मन्त्री प्रेम आलेले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्। ।

विस्तारित मन्त्रिपरिषद्मा गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रममन्त्रीमा नियुक्त भएका छन्।
युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दावा लामाले पाएका छन्।

यस्तै जुलीकुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्माले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।

स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएो भने संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छन्।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

कानुनमन्त्री रहेकी शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्रालयमा सरुवा भएकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ। सहरी विकासमन्त्री रहेका कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन्। 

प्रकाशित: Dec 25, 2020| 14:38 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।