सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर (सूचीसहित)

मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर (सूचीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद् विस्तार र हेरफेर गरेका छन्।
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद् विस्तार र हेरफेर गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई ओलीले बिदा दिएका छन्। 

पुनर्गठित मन्त्रिपरिषदमा ऊर्जा मन्त्रालयको जिम्मेवारी टोपबहादुर रायमाझीले पाएका छन् । 

मणि थापा खानेपानी मन्त्री भएका छन् भने सहरी विकास मन्त्रालयको जिम्मेवारी प्रभु साहले पाएका छन्। 

अर्का नवनियुक्त मन्त्री प्रेम आलेले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्। ।

विस्तारित मन्त्रिपरिषद्मा गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रममन्त्रीमा नियुक्त भएका छन्।

युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दावा लामाले पाएका छन्।

यस्तै जुलीकुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्माले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।

स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएो भने संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छन्।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

कानुनमन्त्री रहेकी शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्रालयमा सरुवा भएकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको थापाले बताए। 

त्यस्तै सहरी विकासमन्त्री रहेका कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन्। 

प्रकाशित: Dec 25, 2020| 14:22 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।