काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद् विस्तार गरेका छन्।
उनले शुक्रबार साँझ सात जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।
थप गरिएका मन्त्रीहरुमा प्रेम आले, गणेश ठगुन्ना, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, प्रभु साह, मणि थापा खानेपानी मन्त्री, गौरीशंकर चौधरी र दावा लामा छन्।
यस्तै राज्यमन्त्रीहरुमा जुली महतो र विमला विक छन्। नवनियुक्त मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन।