धनगढी। प्रहरीले कैलालीको अत्तरियाबाट लागुऔषध चरेश र एक लाख बढी नगदसहित एकजनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बैतडी दोगडाकेदार गाउँपालिका-१ का २६ वर्षीय तोरणप्रसाद जोशीलाई पक्राउ गरेको हाे।
जाेशीबाट लागुऔषध चरेश ३३० ग्राम र नगद एक लाख १२ हजार ३२५ रूपैयाँ बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।