सोमबार, भदौ २२, २०८३

कैलालीमा चितुवाको छाला र हड्डीसहित तीनजना पक्राउ

चितुवाको छाला र हड्डीसहित कैलाली प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

धनगढी- चितुवाको छाला र हड्डीसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। 

कैलाली गोदावरी नगरपालिका-२, अत्तरियाबाट एक थान चितुवाको छाला र दुई थान हड्डीसहित डोटीको जोरायल गाउँपालिका-४ का ३१ वर्षीय किरण पुन र आदर्श गाउँपालिका-५ का ३५ वर्षीय वीरबहादुर धामी र सोही ठाउँका २२ वर्षीय योगेन्द्र धामीलाई प्रहरीले पक्राउ गरेको हो।

चितुवाको छाला र हड्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई अत्तरियास्थित मिट प्वाइन्ट होटलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए। 

पक्राउ परेका तीनैजनालाई छाला र हड्डीसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढी बुझाइएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।

प्रकाशित: Dec 25, 2020| 12:18 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।