सोमबार, भदौ २२, २०८३

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

अहिले केही बेरअघि उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। ओलीका सञ्चारविज्ञ रामशरण बजगाईले प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेको जानकारी दिए।

सात जना मन्त्रीहरुले पदबाट राजीनामा दिएपछि रिक्त रहेको स्थानमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

बालुवाटार स्रोतका अनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहलाई दिइएको छ। साह यसअघि नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए। उनी दाहाल–नेपाल समूहमा नै रहेको आकंलन गरिए पनि आज मन्त्रीमा नियुक्त भएपछि उनले ओली समूह तर्फ फर्किएको देखिएको छ। 

त्यस्तै पर्यटन मन्त्रीको जिम्मेवारी मणि थापाले पाएका छन् भने शिक्षा मन्त्रीको जिम्मेवारी दावा लामालाई दिइएको छ।

खानेपानी मन्त्रीको जिम्मेवारी गौरीशंकर चौधरीलाई तोकिएको छ। त्यस्तै टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएको बुझिएको छ। 

राष्ट्रपति कार्यालयले आज नै नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउने कार्यक्रम छ।

प्रकाशित: Dec 25, 2020| 12:02 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।