सोमबार, भदौ २२, २०८३

१४ गतेदेखि लाइसेन्सको फारम खुल्ने

यातायात व्यवस्था विभागले आगामी पुस १४ गते मंगलबारदेखि सवारी चालक अनुमति पत्र लाइसेन्सको फारम खोल्ने भएको छ।
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं- यातायात व्यवस्था विभागले आगामी पुस १४ गते मंगलबारदेखि सवारी चालक अनुमति पत्र लाइसेन्सको फारम खोल्ने भएको छ।

विभागले आज (शुक्रबार) एक सूचना जारी गर्दै मंगलबारदेखि अनलाइनमार्फत् फारम भर्न सकिने भएको छ।

कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि सवारी चालकअनुमति पत्र लाइसेन्सको फारम भर्न बन्द गरिएको थियो।

१० महिनापछि लाइसेन्स परीक्षा खुला गर्न लागिएको हो।

विभागले सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डहरु परिपालन गर्ने व्यवस्था गरी अनलाइनमार्फत फारम भर्न लागिएको जानकारी दिएको छ।

प्रकाशित: Dec 25, 2020| 11:36 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।