सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा अध्यक्ष नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता 

नेकपा अध्यक्ष नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता 

नेकपाका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– नेकपाका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। 

शुक्रबार भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो। 

दुई मुलुकबीच आपसी हितका विषयमा पनि छलफल भएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल समयलाई जानकारी दिए। 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा प्रतिनिधि सभाको विघटन गर्ने निर्णय गरेपछि नेकपा औपचारिक रुपमा मात्रै फुट्न बाँकी छ। 

नेकपाको आन्तरिक र राष्ट्रिय राजनीतिमा उथुलपुथल देखिएपछि उत्तरी छिमेकीले भेटवार्तालाई तीव्रता दिएको छ। 

यान्छीले बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी थिइन्। मंगलबार मात्रै यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन्।  
 

प्रकाशित: Dec 25, 2020| 11:12 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।