सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपाले जनकपुरधाममा जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

जसपाले जनकपुरधाममा जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

संसद् विघटनको विरोधमा जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाइएको छ। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

जनकपुरधाम– संसद् विघटनको विरोधमा जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाइएको छ। 

जनता समाजवादी पार्टीको पूर्वनिर्धारित कार्यक्रम अनुसार जसपाका नेता कार्यकर्ताहरुले आज प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका हुन् ।

स्थानीय जनकचोकमा जम्मा भएका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्को नारावाजी समेत गरेका थिए। कडा सुरक्षाका बीच प्रहरीलाई चुनौती दिँदै जसपाका नेता कार्यकर्ताहरुले उनीहरुको पुतला दहन गरेका हुन्।

संसद् विघटन गरी प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम चालेको भन्दै जसपाका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको निरकुंश प्रवृत्तिविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरु एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताए।

जसपाले भोलि शनिबार मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम छ।
 

प्रकाशित: Dec 25, 2020| 11:05 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।