सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक 

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक 

बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाएका छन्। 

बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने क्रम शुरू भएपछि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक डाकेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध आज (शुक्रबार) ४५ जना सांसदले प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

आफू निकटका मुख्यमन्त्रीहरुलाई फाल्ने खेल सुरु भएपछि ओलीले केहि कदम चाल्न सक्ने आंकलन गरिएको छ। त्यसकारण पनि आजको बैठकलाई निकै महत्वका साथ हेरिएको छ। 

दुई दिनअघि प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रमलाई दिइएको अन्तर्वार्तामा प्रदेश सरकारलाई अहिले चलाउन आवश्यक नभएको र प्रदेश सरकार हटाउने खेल भए आफू थप कदम चाल्न बाध्य हुने बताएका थिए।

प्रकाशित: Dec 25, 2020| 07:37 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।