काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्न निकै मेहनतबाट पाएको स्मरण गरेका छन्।
निर्वाचन आयोगका पदाधिकारीसमक्ष पार्टी केन्द्रीय कमिटीका सदस्यहरुको हस्ताक्षर बुझाउने क्रममा नेता नेपालले भने, ‘हेर्दै आनन्द लाग्ने यसमा कसैले आँखा लगाउन पाउँदैन।’
उनले आफूहरु को हो भन्नेबारे आयोगलाई चिनाइरहन नपर्ने पनि बताए। अध्यक्ष नेपालले भने, ‘गणतन्त्र ल्याउने, संघीयता ल्याउने र संविधान बनाउने हामीलाई चिनाइरहनु पर्दैन।’
उनले पार्टीको बैधानिकताका लागि सबै केन्द्रीय सदस्य सशरीर उपस्थित हुने पनि बताए। उनले आवश्यक परे सबै केन्द्रीय सदस्य मास्क खोलेर आउने पनि बताए।
अध्यक्ष नेपालले पार्टीको आधिकारिता, वैधानिकता, नाम र चुनाव चिह्नबारे संविधान र कानुनका रुपमा सत्यतथ्य र विवेकपूर्ण रुपमा निर्णय गर्न आयोग पदाधिकारीहरुलाई आग्रह गरे।