सोमबार, भदौ २२, २०८३

बागमती प्रदेशका ३ मन्त्रीद्वारा राजीनामा घोषणा

बागमती प्रदेश सरकारका ३ जना मन्त्रीले राजीनामा दिएका छन्। नेकपाको दाहाल–नेपाल समूहका मन्त्रीले राजीनामा दिएका हुन्।
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– बागमती प्रदेश सरकारका ३ जना मन्त्रीले राजीनामा दिएका छन्। नेकपाको दाहाल–नेपाल समूहका मन्त्रीले राजीनामा दिएका हुन्।

राजीनामा घोषणा गर्ने मन्त्रीहरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, उद्योग पर्यटन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल छन्। 

प्रतिनिधिसभा विघटनपछि नेकपामा चुलिएको विवादको असर प्रदेश सरकारमा पनि देखिएको हो। दाहाल–नेपाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ।

नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता शालिकराम जमकट्टेलको नेतृत्वमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो। ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको छ।
 

प्रकाशित: Dec 25, 2020| 06:29 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।