सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल–नेपाल समूहद्वारा निर्वाचन आयोगमा २९५ केन्द्रीय सदस्यको हस्ताक्षर पेस

दाहाल–नेपाल समूहद्वारा निर्वाचन आयोगमा २९५ केन्द्रीय सदस्यको हस्ताक्षर पेस

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा २९५ जना केन्द्रीय कमिटीको हस्ताक्षर बुझाएको छ।
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा २९५ जना केन्द्रीय कमिटीको हस्ताक्षर बुझाएको छ।

पार्टीको नाम, चुनाव चिह्न र वैधानिकता दाबी गर्दै सो समूहले शुक्रबार आयोगमा हस्ताक्षर बुझाएको हो।

हस्ताक्षरको सूची बुझाउँदै अध्यक्ष पुष्पकमल दाहालले आवश्यक परे ३१५ जनाको भौतिक उपस्थिति गराइने प्रतिबद्धता जनाएका छन्।

दाहालले निर्वाचन आयोगका पदाधिकारीसमक्ष ७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नेकपा गठन भएको, सोही दिनको केन्द्रीय समितिको संयुक्त अधिवेशनले ४४१ सदस्यीय केन्द्रीय कमिटी बुझाएको पनि अवगत गराएका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र प्रचलित कानुनमा भएको व्यवस्थाबमोजिम विवाद निरुपण हुने विश्वास दिलाए।

उनले सकेसम्म विवाद समाधान गर्ने दायित्व अघि बढाउने बताए। उनले भने, अदालती प्रक्रियाबाहेक हामी कानुनी प्रक्रिया अगाडि बढाउनेछौं।’ थपलियाले यसमा सहयोग गर्न पनि नेताहरुलाई आग्रह गरे। 

प्रकाशित: Dec 25, 2020| 06:20 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।