सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरियाले सन ०२१ मा नेपालसहित १६ मुलुकबाट ५२ हजार कामदार लग्ने

कोरियाले सन ०२१ मा नेपालसहित १६ मुलुकबाट ५२ हजार कामदार लग्ने

दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् ०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् ०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ। 

यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो। यो सङ्ख्या ०२० को तुलनामा चार हजार कम हो। 

कोरोनाका कारण ०२० को कोटामध्येका ३० हजार नौ सय नौ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन्। 

सन् ०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार सात सय, कृषि क्षेत्रमा ६ हजार चार सय, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार आठ सय, सेवा क्षेत्रमा (पुरानो सामान बटुल्ने छान्नेमा) एक सय जना तोकिएको छ। 

यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुनः प्रवेश) श्रमिक आउनेछन्। अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने बताइएको छ।  

प्रकाशित: Dec 25, 2020| 05:41 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।