सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधि सभा विघटनविरुद्ध तीन पूर्वप्रधानमन्त्री सडकमा (तस्बिरहरू)

प्रतिनिधि सभा विघटनविरुद्ध तीन पूर्वप्रधानमन्त्री सडकमा (तस्बिरहरू)

प्रतिनिधि सभा विघटनको विरोधमा सत्तारुढ दल नेकपाका शीर्ष नेता सडकमा निस्किएका छन्। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– प्रतिनिधि सभा विघटनको विरोधमा सत्तारुढ दल नेकपाका शीर्ष नेता सडकमा निस्किएका छन्। 

माइतीघर मण्डलबाट अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितको टोली प्रदर्शनमा उत्रिएको हो। 

प्रदर्शनमा अध्यक्षद्वयका साथै नारायणकाजी श्रेष्ठ, भीम रावल, अमृतकुमार बोहरा, पम्फा भुसाललगायत शीर्ष नेता छन्। 

माइतीघरमा प्रर्दशन सुरु गर्दा सबै शीर्ष नेता ‘हामी यहाँ छौँ’ लेखेको व्यानर बोकेर सडकमा बसेका थिए। 

उनीहरू नेकपाको आफ्नो समूह आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग गइरहेका छन्। 

बिहीबार बसेको यो समूहको केन्द्रीय कमिटी बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। 

दाहाल–नेपाल समूहले ४४१ मध्ये ३१५ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाउँदै छ।


 

प्रकाशित: Dec 25, 2020| 05:38 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।