सोमबार, भदौ २२, २०८३

मिर्गौलापीडितलाई १३ लाख सहयोग

मालिका सेवा समाज बागलुङले यहाँको विपन्न परिवारका मिर्गौलापीडित सन्तोष किसानको उपचारका लागि करिब १३ लाख सहयोग गरेको छ।
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

बागलुङ– मालिका सेवा समाज बागलुङले यहाँको विपन्न परिवारका मिर्गौलापीडित सन्तोष किसानको उपचारका लागि करिब १३ लाख सहयोग गरेको छ। 

जिल्लाको बागलुङ नगरपालिका ५, मालिकाका मिर्गौलापीडित सन्तोषको उपचारका लागि समाजले संकलन गरेको नगद १२ लाख ७३ हजार सात सय १८ रुपैयाँ सहयोग गरेको हो। 

समाजका संरक्षक तथा पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्मा र समाजका अध्यक्ष दुर्गा कुँवरले सो रकम बिरामीका दाजु नवीन किसानलाई एक कार्यक्रमकाबीच बुधबार हस्तान्तरण गरेका हुन्।  

समाजका कोषाध्यक्ष दुर्गा केसीका अनुसार उक्त रकम मालिका सेवा समाज बागलुङबाट तीन लाख ३६ हजार १५१, मालिका सेवा समाज पोर्चुगलबाट  एक लाख २७ हजार ४७०, युकेबाट एक लाख ८५ हजार ९२०, कोरियाबाट एक लाख ५३ हजार ९११, दुबईबाट एक लाख ३० हजार, कतारबाट ८९ हजार ८५२, साउदी अरबबाट ८२ हजार ११०, भारतबाट ५८ हजार ३०४, स्थानीय समन्वयबाट ९० हजार र मालिका वडा कार्यालयबाट २० हजार नगद सहयोग प्राप्त भएको जानकारी दिए।  

प्रकाशित: Dec 25, 2020| 05:13 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।