मंगलबार, चैत १०, २०८२

संक्रामक रोग अस्पतालको निर्देशकमा डा. गौचन 

गण्डकी प्रदेश अन्तर्गतको प्रदेश संक्रामक रोग तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. विकास गौचन नियुक्त भएका छन्। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

पोखरा– गण्डकी प्रदेश अन्तर्गतको प्रदेश संक्रामक रोग तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. विकास गौचन नियुक्त भएका छन्। 

National life

खुला प्रतिस्पर्धाबाट नियुक्त भएका उनी यसअघि हेल्थ नेपालले सञ्चालन गर्दै आएको अछामको बयलपाटा सामुदायिक अस्पतालमा निर्देशकका रूपमा कार्यरत थिए।

लेखनाथमा लायन्सले सञ्चालन गरेको सामुदायिक अस्पताल प्रदेश सरकार मातहत आएपछि कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको थियो। 

सरकारले चालु आर्थिक वर्षमा ७ वटै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गरेको थियो। 

सोही घोषणाअन्तर्गत गण्डकी प्रदेश सरकारले कार्यकारी निर्देशकको लागि खुल्ला प्रतिस्पर्धाबाट उम्मेदवार आह्वान गरेको हो। 

Laxmi sunrise bank
kumari

डा. गौचनले बिहीबार नै जिम्मेवारी सम्हालेका छन्। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. त्रिभुवन पौडेलले अस्पतालको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए। डा. गौचनले आफ्नो सीप, क्षमता र दक्षताले भ्याएसम्म काम गर्ने प्रतिबद्धता जनाए। 

मुस्ताङमा जन्मेका डा. गौचनले आफ्नै क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त भएको सुनाउँदै आगामी दिनमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताए। 

अस्पतालबाट प्रदान हुने सेवालाई प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय स्तरको सेवा दिनसक्ने गरी काम गर्ने उनले बताए। 

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाअध्यक्ष श्रीराम पोखरेलले अस्पतालको सेवा सुधारका लागि सहयोग गर्न तत्पर रहेको बताए। 

अस्पताल सञ्चालक समिति सस्थापक अध्यक्ष डा. कालु शर्माले अस्पतालको विकासका लागि आर्थिकदेखि प्राविधिक सहयोग गर्न आफू तयार रहेको बताए। 
 
 

प्रकाशित: Dec 25, 2020| 05:01 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्