सोमबार, भदौ २२, २०८३

हल सञ्चालकलाई डाक्यो सीडीओ कार्यालयले 

आज (शुक्रबार)बाट सिनेमा हल खोल्ने तयारी गरेका हल सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले छलफलका लागि डाकेको छ । 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं- आज (शुक्रबार) देखि सिनेमा हलहरु खोल्ने तयारी गरेका हल सञ्चालकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले छलफलका लागि डाकेको छ। 

कोरोनाको महामारी अझै पनि कायमै रहेको अवस्थामा हल खोल्न लागेपछि सञ्चालकलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालयले बिहान ११ बजेका लागि डाकेको हो । 

हिजो (बिहीबार) सीसीएमसीले सिनेमा हल सञ्चालकसँग छलफल गरेको थियो। छलफलमा हल खोल्नका लागि नहतारिन सीसीएमसीले सुझाव दिएको थियो। तर, सञ्चालकले सुरक्षाका सबै उपाय अपनाएर हल खोल्न लागिएका बताएका थिए। 

कोरोनाको महामारीका कारण नौ महिनादेखि नेपालका हल बन्द छन्। आजदेखि सञ्चालकहरु र चलचित्रकर्मी आफैंले हल खोल्न लागेका छन्। 

अब पछि नहट्ने हल सञ्चालकहरुको भनाइ छ। सीडीओ कार्यालयमा हुने छलफल सकारात्मक हुने र हल खोल्न सहज वातावरण बन्ने उनीहरुको अपेक्षा छ। 

प्रकाशित: Dec 25, 2020| 04:21 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।