सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली, काे-को बन्दैछन् मन्त्री ? 

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली, काे-को बन्दैछन् मन्त्री ? 

आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी प्रधानमन्त्री ओलीले तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ । 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। 

आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी प्रधानमन्त्री ओलीले तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। 

प्रतिनिधिसभा विघटन भएसँगै पुष ५ गते नेकपाको दाहाल-नेपाल समूहका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। उनीहरुको राजीनामासँगै रिक्त भएका मन्त्रालयमा नयाँ मन्त्रीलाई जिम्मेवारी दिने प्रधानमन्त्री ओलीले तयारी गरेका हुन्। 

केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेसँगै मन्त्री बन्ने आकांक्षीहरु बढेका छन्। 

नयाँ बन्ने मन्त्रीहरुको सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर रानालगायतको नाम रहेको स्रोतको दाबी छ। 

प्रकाशित: Dec 25, 2020| 03:51 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।