सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल–नेपाल समूह माइतीघर मण्डलाबाट प्रदर्शनसहित निर्वाचन आयोग जाँदै

दाहाल–नेपाल समूह माइतीघर मण्डलाबाट प्रदर्शनसहित निर्वाचन आयोग जाँदै

नेकपाको दाहाल–नेपाल समूह आफ्नो समूहको आधिकारिकताका लागि आज माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शनसहित निर्वाचन आयोग र संसद् पुनस्थापनाका लागि सर्वोच्च अदालत जाने भएको छ। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूह आफ्नो समूहको आधिकारिकताका लागि आज माइतीघर मण्डलामा जमा भएर प्रदर्शनसहित निर्वाचन आयोग  जाने भएको छ। 

बिहीबार  बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषण गरेको हो। 

दाहाल–नेपाल समूह दिउँसो १ बजे निर्वाचन आयोग जाने भएको हो।  प्रचण्ड–नेपाल पक्षले तीन सय भन्दा धेरै केन्द्रिय सदस्यको हस्ताक्षर आयोगमा बुझाउँदैछ।

वैधानिक नेकपा आफू भएको जानकारी र  प्रमाण बुझाउन प्रचण्ड–नेपाल समूह आज आयोगमा जान लागेको हो। 

दाहाल–नेपाल समूहमा ३१५ जना केन्द्रीय र ९३ जना सांसद रहेको दाबी गरिएको छ। 

आजै उक्त समूहले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर पार्टीका दुवै अध्यक्षको धारणा सार्वजनिक गर्ने बताइएको छ। 

प्रकाशित: Dec 25, 2020| 03:45 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।