सोमबार, भदौ २२, २०८३

नारायणगढ–मुग्लिन सडकका १५ पुल निर्माण हुँदै

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ। 

कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो। सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेका छन्।

एउटा पुल अन्तिम चरणमा पुगेको छ। बाँकी १५ पुलका लागि गएको चैतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्शनले ठेक्का स्वीकार गरेको छ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर सविना रानाभाटका अनुसार ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ। प्याकेज १ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन्। 

प्याकेज २ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोला गरी आठ पुल छन्।

प्याकेज १ को कूल ठेक्का रकम ६७ करोड ९९ लाख छ। पुल र नक्सांकनका लागि मात्र ५८ करोड ४० लाख छ भने अन्य रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुने उनले जानकारी दिए। 

दोस्रो प्याकेजको कूल ठेक्का रकम ५९ करोड पाँच लाखमध्ये नक्सांकन र पुलका लागि ४९ करोड ६० लाख हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो।

दुवै ठेक्का एउटै कम्पनीले पारेको हो। रानाभाटका अनुसार प्याकेज १ का सात पुल ४४२ मिटर लामो छन् भने प्याकेज २ का आठ पुल ३८१ मिटर लामा छन्। ठेक्का लगाइएका पुलमध्ये कालीखोलाको पुल ७५ मिटर लामो छ। 

खहरे र भोर्लेको ७२ मिटर लामो हुनसक्ने आकलन गरिएको छ। अन्य पुल छोटा छन्। प्याकेज १ मा पर्ने मुग्लिनबाट यताका पुल निर्माण गर्न कठिन रहेको छ। पुलको चौडाइ ११ मिटर हुने भनिए पनि डिजाइनका क्रममा रहेकाले मुग्लिनतर्फका केही पुल साँघुरो हुनसक्ने रानाभाट बताउँछन्।

पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ। दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ। 

ठेकेदार कम्पनीलाई नक्सांकनसहित ठेक्का दिइएकाले कूल खर्चमा १० प्रतिशत तलमाथि हुनसक्ने आयोजनाले जनाएको छ। हालसम्म तीन पुल सेतीदोभान, जुगेडी र खहरेखोलाको नक्सांकन पुल महाशाखाले सदर गरी निर्माणसमेत थालिएको छ।  

प्रकाशित: Dec 25, 2020| 03:21 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।