सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेरि बढ्यो चिसो, काठमाडौंमा एकै दिनमा २ डिग्री तापक्रम घट्यो

फेरि बढ्यो चिसो, काठमाडौंमा एकै दिनमा २ डिग्री तापक्रम घट्यो

हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने आज घटेर २.५ डिग्रीमा आएको हो । 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं- केहि दिन यता लागेको बादल हटेसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ । 

हिजाेको तुलानामा आज एकै दिनमा २ डिग्रीले न्यूनतम तापक्रम घटेसँगै काठमाडौंमा थप चिसो बढेको हो । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने आज घटेर २.५ डिग्रीमा आएको हो । 

बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम २.५ डिग्री मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बादल हटेसँगै काठमाडौंसहित अन्य स्थानको पनि न्यूनतम तापक्रम घटेको छ । 

आज अधिकतम तापक्रम १९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । तराई र पहाडका केही ठाउँमा हुस्सु र कुहिरो भने लागेको महाशाखाले जनाएको छ । 

आज दिउँसो पहाडी केही ठाउँमा आंशिक बदलीको सम्भावना छ । त्यस्तै प्रदेश एकमा राति आंशिक बदली रहने अनुमान गरिएको छ । अरु ठाउँको मौसम भने सफा रहने अनुमान छ ।

प्रकाशित: Dec 25, 2020| 02:40 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।