सोमबार, भदौ २२, २०८३

प्रतिनिधिसभा विघटनमा भारतको ‘नोट’

नेपालको प्रतिनिधिसभा विघटनमा भारतले आफ्नो चासो रहेको उल्लेख गरेको छ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं- नेपालको प्रतिनिधिसभा विघटनमा भारतले आफ्नो चासो रहेको उल्लेख गरेको छ।

भारतीय विदेश मन्त्रालयको नियमित प्रेस भेटघाटमा बिहीबार प्रवक्ता अनुराग श्रीवास्तवले नेपालमा भइरहेको राजनीतिक घटनाक्रमको भारतले ‘नोट’ गरिरहेको बताएका हुन्।

प्रेस ब्रिफिङका क्रममा नेपालमा विकसित घटनाक्रमबारे के छ भारतको दृष्टिकोण भन्ने जिज्ञासामा प्रवक्ता श्रीवास्तावले यसलाई भारतले नियालिरहेको बताए।

साथै उनले याे घटनाक्रम नेपालको आन्तरिक राजनीतिक मामिला भएको र यसमा लोकतान्त्रिक मूल्य मान्यताअनुसार नेपालले आफ्नो समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।

नेपालमा गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको लामो समयपछि भारतको सामान्य प्रतिक्रिया आएको हो।

सञ्चारकर्मीको जिज्ञासामा विदेश मन्त्रालयबाट आएको औपचारिक जवाफबाहेक यस घटनामा भारतले कुनै पनि प्रतिक्रिया दिएको छैन।

यसअघिका घटनाहरुमा भारतको प्रत्यक्ष हस्तक्षेप हुने गरेको देखिए पनि यसपटक भारत पर्दाअगाडि देखिएको छैन।

यद्यपि झण्डै एक महिनाअघि भारतको रअका प्रमुख सामन्त गोयल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेपछि नेपाली राजनीतिमा भारतको हस्तक्षप र रुचीबारे चर्चा भएको थियो।

यसपटकको प्रतिनिधिसभा विघटनलाई पनि कतिपयले भारतसँग जोडेर व्याख्या गर्ने गरेका छन्। भारतको कुनै प्रतिक्रिया नआउनुमा यसमा पनि भारतको रुचि त छैन भन्नेमा कतिपयको आशंका छ।
 

प्रकाशित: Dec 24, 2020| 14:53 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।