सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा झण्डै तीन लाख बराबरको भन्सार छलीको सामान बरामद

कञ्चनपुरमा झण्डै तीन लाख बराबरको भन्सार छलीको सामान बरामद

कञ्चनपुरबाट प्रहरीले झण्डै तीन लाख रूपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

धनगढी। कञ्चनपुरबाट प्रहरीले झण्डै तीन लाख रूपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। 

भन्सार छलेर ल्याइएका दुई लाख ८० हजार बराबरको मोबाइल चार थान, चुरोट एक पेटी भीमदत्त नगरपालिका-१०, जिमुवाबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको उनको भनाइ छ।

प्रकाशित: Dec 24, 2020| 13:52 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।