सोमबार, भदौ २२, २०८३

झण्डै ३ किलो चरेशसहित दुई पक्राउ

कैलालीमा झण्डै ३ किलो लागुऔषध चरेशसहित दुई जना पक्राउ परेका छन्। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

धनगढी- कैलालीमा झण्डै ३ किलो लागुऔषध चरेशसहित दुई जना पक्राउ परेका छन्। 

जिल्लाको धनगढी उपमहानगरपालिका–३, बिशालनगरबाट २ किलो ९०० ग्राम लागुऔषध चरेशसहित बझाङको बित्थडचिर गाउँपालिका–२ का २५ वर्षीय करन बोहरा र सोही ठाउँ बस्ने ३२ वर्षिय जयबहादुर बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए। 

लागुऔषध चरेशको कारोबार भइरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागुऔषध चरेशसहित उनीहरुलाई पक्राउ गरेको बिष्टले बताए।

प्रकाशित: Dec 24, 2020| 13:25 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।