मंगलबार, चैत १०, २०८२

ज्येष्ठ नागरिकका लागि ‘लो ब्लड प्रेसर’ पनि हुन सक्छ खतरनाक, जोगिने कसरी ?

सामान्यतया उच्च रक्तचापलाई खतरनाक मानिन्छ। त्यसैले कम रक्तचाप (लो ब्लड प्रेसर) लाई खासै वास्ता गरेको पाइँदैन।  तर, लो ब्लड प्रेसर पनि ज्येष्ठ नागरिकका लागि घातक बन्न सक्छ। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं- सामान्यतया उच्च रक्तचापलाई खतरनाक मानिन्छ। त्यसैले कम रक्तचाप (लो ब्लड प्रेसर) लाई खासै वास्ता गरेको पाइँदैन। 
तर, लो ब्लड प्रेसर पनि ज्येष्ठ नागरिकका लागि घातक बन्न सक्छ। 

National life

शरीरमा ब्लड प्रेसर १२०/८० हुनुलाई सामान्य मानिन्छ। यदि ९०/६० देखि तल आयो भने यो लो ब्लड प्रेसर हो। यो अवस्थामा रगतको बहाव मुटु, दिमाग र अन्य आवश्यक अंगमा कम भइरहेको हुन्छ। मतलब यी अंगहरूमा अक्सिजनयुक्त रगत पुग्न सकिरहेको हुँदैन। 

जब लगातार अक्सिजनयुक्त रगत कुनै अंगमा पुग्दैन तब त्यो अंग धेरै दिनसम्म काम गर्न नसक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्। 

त्यसैले ज्येष्ठ नागरिकमा यस्तो स्थिति आएमा एकदमै खतरा हुन सक्छ। लो ब्लड प्रेसर हर्टअट्याक र स्ट्रोकको खतरा पनि बढ्छ। यति मात्र होइन यसले दिमागमा पति असर गर्न सक्छ। 

त्यसैले यस्तो स्थिति आउन नदिन आफ्नै जीवनशैलीमा परिवर्तन गर्न जरुरी हुन्छ। 

Laxmi sunrise bank
kumari

व्यायाम गर्नुस्

सबैभन्दा पहिले नियमित व्यायाम गर्नुपर्छ। यसले रगतको बहाव सबै अंगमा सुचारुरूपले पुग्छ। यसबाहेक व्यायामका अन्य फाइदाहरू पनि छन्। 

नुनको मात्रा बढाउनुस्

ब्लड प्रेसर लो भएमा खानामा नुनको मात्रा बढाउनुपर्छ। यसले तपाईंको रगतको बहावलाई कायम राखिराख्छ।

खाना कम खानुस् तर, पटक–पटक खानुस्

ब्लड प्रेसर लो भएमा खानाको मात्रा कम गर्नुपर्छ। सामान्यतया धेरै खाना खाँदा पनि प्रेसर लो हुन्छ। त्यसैले थोरै खानुस् तर, पटक-पटक खानुस्। 

अमलाको रस खानुस्

ब्लड प्रेसर लो भएमा अमला खाँदा पनि फाइदा हुन्छ। यसका लागि एक कप अमलाको रसमा एक चम्चा मह राखेर पिउनु पर्छ। यस्तो गर्दा तुरुन्तै राहत मिल्छ। 

तुरुन्त कफी पिउनुहोस्

कफी र क्याफिनेटेड चिया ब्लड प्रेसर बढाउनमा मद्दत गर्छ। यदि तपाईंलाई ब्लड प्रेसर कम भयो भन्ने महसुस भयो भने एक कप कफी पिउनुहोस्। यसले तुरुन्त ब्लड प्रेसरको बहाव कायम गर्न मद्दत गर्छ।  - जागरणबाट

प्रकाशित: Dec 24, 2020| 13:14 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्