सोमबार, भदौ २२, २०८३

'नेकपाको मूलधार हामी हौं, अरू कसैले दाबी नगरे हुन्छ'

विभाजित नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको मूलधार आफूहरू नै भएकाले कसैलाई दाबी नगर्न चुनौती दिएका छन्।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– विभाजित नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको मूलधार आफूहरू नै भएकाले कसैलाई दाबी नगर्न चुनौती दिएका छन्।

बिहीबार केन्द्रीय कमिटी बैठक सकेर बल्खुस्थित पुरानो पार्टी कार्यालयमा पुगेर मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

‘नेकपाको मूलधार हामी हौं, मूलशक्ति हामी हौं अरू कसैले दाबी नगर्दा हुन्छ,’ उनले भने, ‘कोही चोइटिएर जान्छन् भने हामीले भन्नु केही छैन।’

उनले विगतका कमीकमजोरी र गल्ती स्वीकार गरेर आए आफूहरु सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए।

‘यत्रो त्याग र बलिदानबाट ल्याएको नेपालको संविधानलाई कुल्चिने काम भएको छ,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानको प्रावधान, भावना र मर्मविपरीत प्रतिनिधिसभा  विघटन गर्ने काम चालिएको छ। हामी त्यसलाई स्वीकार्ने पक्षमा छैनौं।’ 

राजाको निरंकुश कदम जस्तै यो अर्को प्रतिगामी कदम भएको भन्दै उनले प्रतिनिधिसभा विघटनविरुद्ध लाग्न सबैलाई आह्वान गरे।

प्रकाशित: Dec 24, 2020| 11:57 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।