सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय कमिटीको बैठक सकेर दाहाल-नेपाल बल्खुमा, पार्टी कार्यालय त्यहीँ बनाउने

केन्द्रीय कमिटीको बैठक सकेर दाहाल-नेपाल बल्खुमा, पार्टी कार्यालय त्यहीँ बनाउने

विभाजित नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित नेताहरुले केन्द्रीय कमिटीको बैठक सकेर बल्खुस्थित पुरानो नेकपा एमालेको पार्टी कार्यालय पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन्।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– विभाजित नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित नेताहरुले केन्द्रीय कमिटीको बैठक सकेर बल्खुस्थित पुरानो नेकपा एमालेको पार्टी कार्यालय पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन्।

वरिष्ठ नेता झलनाथ खनाल र नेकपा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा पनि बल्खु पुगेका छन्। उनीहरुले त्यहाँस्थित पार्टी कार्यालयको निरीक्षणसमेत गरेका छन्। 

बुधबार एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेको सम्पत्ति आफ्नो हुने दाबी गरेका थिए। त्यसको दोस्रो दिन नै दाहाल–नेपाल समूह बल्खु पुगेर नेता भण्डारीको शालिकमा माल्यार्पण गर्नुका साथै पार्टी कार्यालयको निरीक्षण गरेको हो। 

‘पहिलाको पार्टी कार्यालयमा आएर देशैभर सन्देश दिने उद्येश्यले यहाँ आएर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका हौं,’ दाहालले भने। 

केन्द्रीय समितिको दोस्रो बैठकबाट उक्त ठाउँमा पार्टीको भवन निर्माण गर्ने निर्णय गरिएको जानकारी दिँदै उनले त्यहाँ अब आधुनिक पार्टी कार्यालय निर्माण गरिने बताए। 

अर्का अध्यक्ष माधवकुमार नेपालले जग्गा खरिद गर्नेदेखि भवन निर्माण गर्ने क्रममा भावनात्मक रुपमा आफू र नेता झलनाथ खनाल लगायत जोडिएको भएको बताए।

प्रकाशित: Dec 24, 2020| 11:51 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।